नियम ११
सुरक्षणमा राखेको अचल सम्पत्ति रोक्का गर्नु पर्ने
(१) संस्थाले लघु कर्जा प्रवाह गर्दा क्रणीबाट सुरक्षणमा कुनै सम्पत्ति सुरक्षणमा लिएको भए त्यस्ता सम्पत्ति रोक्का गर्नको लागि सो सम्पत्तिको संक्षिप्त विवरण खुलाई सम्बन्धित कार्यालयमा लेखी पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम संस्थाबाट लेखी आएपछि सम्बन्धित कार्यालयले सो सम्पत्तिको श्रेस्तामा रोक्का जनाई संस्थालाई लिखितरुपमा रोक्का भएको जानकारी दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम सम्बन्धित कार्यालयबाट प्राप्त हुन आएको सम्पत्ति रोक्का भएको जानकारीपत्र संस्थाले सम्बन्धित क्रणीको कर्जाको मिसिलमा संलग्न गरी राख्नु पर्नेछ ।